आउने बेलामा रेलमा हाम्रो टिकट् confirm भएको थियन्, waiting list को पनि ३९,४० नम्बरमारहिरह्यो। गएर यौटा सिट्मा बसेका थियौ, झन्डै २ घन्टा त सुतियो। धन्न निदाइएछ नत्र त बर्बाद्, हामि सुतिरहेको सिटका मान्छेहरु आए। पुरा परिवार रहेछन्, २ परिवार हुनुपर्छ शायद, पूरा ९ जना थिए। छोड्न भनेपछि हास्दैछोडिदियौ अनि त्यहीcompartment अर्को पट्टिको सिटमा गएर बस्यौ। फेरि बस्न नपाइने हो कि? पिर् त थियोनै। दुबै तिर् कसैका झोला सुइट्केशहरु थिए, बिच्मा म बसें, साथि अर्को सिटमा बस्नुभो अर्को एकजनासङ्गमिलेर्। म बसेको सिटको आधिकारिक मान्छे अझै सम्म आएको थियन् त्यसैले ढुक्क परेर् बसे पनि हुने तर्नहुनाले बस्न मात्र पाए हुन्छ भन्ने सोच्दै कक्रक्क परेरै बसिरहे।रेलमा कतिबेर् बसिरहनु थपक्क लाएर्ध्यान् गरेको जस्तो, एकैछिन्को बाटो भय पो? अझ रात् भर् यत्तिकै बस्नु पर्ने हो कि? अघि सम्म बस्न मात्रै पाएपनि हुन्थ्यो भन्ने लागेको थियो, अहिलेचाहि यसो पल्टिन् पाए हुन्थ्यो भन्ने लाग्यो। झ्याप्प निन्द्रा लाग्यो, झुल्नुया पल्टिनु, तेस्रो बिकल्प थिएन दुइ तिरका झोलाका थुप्रा बिच् मैले सुत्ने जोगाड् गर्न सके धन्न। अलिबेर् त सुतेतर् चिसोले गर्दा निन्द्रा लागेन, ओढ्नको लागि केहि कपडा थियन हामि सङ्ग। अस्ति राति उता जादाखेरिकोहालत् सम्झेर अरु दिक्क लाग्दै थियो। झ्याप्प निदाउने, चिसो लाग्दो रैछ उत्तिखेर् ब्युझिन्छु। फेरि अझ कुक्रुक्कपरेर् निदाउने प्रयाश् गर्छु। यस्तै भैरहेको थियो, घरिघरि घढि पनि हेर्दै गर्थे, आखिर् अब समय कटाउनु त थियो, उज्यालो हुन्जेल् रुक्नु थियो। ९ बज्न थालेछ, अघिल्ला पछिल्ला compartment का बत्तिहरु प्रय निभेका, हाम्रोमा पनि सबै बत्ति निभेका थिए, परको बत्तिले दिएको मधुरो प्रकाशमा हेरे, त्यो compartment काअरु सबै मस्त निदाइसकेका जस्ता देखिन्थे, जे होस् सुतिसकेका थिए, अब अझै ९ घन्टा बाकिँ भो। मैले हिसाब्लगाए, ज्याकेट् को चेन् अझ माथिसम्म तानेँ अनि अझ डल्लो पर्ने प्रयाश गर्दै आखा चिम्लिए।
आखा झमक्क गर्न भ्याएकै थियन् होला, झसङ भएँ - कसैले ममाथि केहि फ्याकेको जस्तो लाग्यो। उठेर हेरेँ -अहिले त्यहाँ यौटा पछयौरा थियो | compartment को अर्को तिरको उपल्ला दुइ सिट्तिर् हेरे, दुबै सिट्मा चूपचाप सुतिरहेका छन् जस्तो लाग्थ्यो, झन् अचम्म लाग्यो। कतै माथि बाट फ्याकिएको जस्तो लाग्थ्यो त्यो पछयौरा, एकछिन् सम्म त म अचल भएर तेस्लाइ मात्र हेरिरहे। फेरि पल्लोसिट्तिर् हेरे, अलि फरक् देखे अहिले चाहि। आफुले ओढिरहेको पछयौरा भित्रबाट् टाउको अलिकति निकालेर हेरिरहेको जस्तो लाग्थ्यो कसैले। निदाएकै भए त झन् थाहा हुने कुरा भएन्, ननिदाएको भए पनि जे सुकै होलाभन्ठानेर् मैले अलिकति तन्किएर् नियाल्ने प्रयाश् गरे। अलिकति हासेको अनि हासो लुकाउन् खोजेको जस्तो।मैले नियालेर् हेरेँ अझ, उ तेहि अघिको परिवारकि यौटि छोरी थीइन मलाई अब चाहि पक्का भो त्यो पछेउराकहाबाट् आएको थियो भनेर्। अरे!!! मसँग त उन्को बोलचाल पनि भएको थिएन अहिले पनि कुनै बोलचाल भएकोथिएन, न कुनै confirm compartment इशारा या सङ्केत्! सुत्ने तर्खर् गर्नुभन्दा अगाडि घरिघरि उनिसंग आखा जुधेका मात्र थिए, तर्तेतिखेर् पनि मैले उन्को अनुहारमा मुस्कुराहट देखेको थियन्,उनी नमुस्काउदै पहिल्यै म पनि मुस्काइन। तरअहिले त्यो मधुरो प्रकाशमा देखिएको उन्को मुस्कुराहटबाट धेरै कुरा प्रकट् भैरहेको जस्तो लाग्थ्यो। खासमा उन्लेबोल्ने भाषा म पूर्ण रुपमा बुझ्न र सबैले सजिलै बुझ्ने गरि बोल्न पनि सक्दिन् तर् उन्को हासोको भाषा बुझिरहेकोअनुभव् गरे मैले। शायद यहि होला मैले कुनै पुस्तकमा पढेको र सुनेको त्यो भाषा सन्सारले, सन्सारका सबैमान्छेले बुझ्न सक्ने भाषा, उहि प्रेमको भाषा, अरुप्रति आउने भावना, र आवश्य्कता र सुखको अनुभव् हुने कुराकोभाषा। आखिर म त उन्को लागि पूरा अन्जान् त थिए अनि मेरो लागि उनी पनि, तर म केहि नबोलेपनि, मैले केहिनभनेपनि, मैले खोजेको र मलाइ चाहियको कुरा उन्ले बुझ्न सकिन, तेहि समुहको कसैले बोलाउदा मैले ख्याल्गरेको थिए उन्को नाम्। उस्को नामको वास्तविक् अर्थ र सान्दर्भिकता कहा थियो त्यो त थाहा भएन मलाइ तर, मेरो लागि त उनी तेहि बिना शब्दको भाषाको ' साक्षि' नै बनिरहेकि थीइन् ।
म अल्मल् जस्तो परे अब के गरु? त्यो पछेउरा फेरि उनैतिर फ्याकू या ओढेर् मस्त सुतू? मैलेअरुलाइ हेरे सबै निदाइरहेकै छन् जस्तो लाग्यो, कसैले थाहा पाएका छैनन्। उन्ले पनि यौटा पछेउरा अझै ओढेकै थीइन् । ओढेर सुत्नुमा आफ्नो भलाइ ठाने। तर त्यो भन्दा बढि, मैले कसैले केहि भन्ला भन्ने सोचेर् पछेउरा तेत्तिकैफिर्ता दिए भने उन्को भावनाको अपमान् हुन्छ भन्ने ठाने। हुन पनि मैले केहि गल्ति जस्तो त केहि गरेकै छैन् नि।मैले त्यो ओढेरै सुत्ने निधो गरे। ओहो! यत्तिका सोचाइ र अलमल् पछि बल्ल याद् आएछ - म पनि उन्को मुस्कानकोजवाफमा धन्यबाद भने जस्तै हल्का मुस्कुरए। उन्ले पछेउराले मुख् छोपिन् । पछेउरा ओढे, पुरा मुख छोपिने गरि, के के सोच्दै थिए तिनै भाषाका कुराहरु, झ्याप्प निदाएछु ।
पछेउराले धेरै राहत् भो घरिघरि बिउँझीएन। लामो निन्द्रा पछि बिउझेर घढि हेर्दा साढे पाच भएकोथियो। अब हाम्रो station पनि आउने बेला भयो। झट्पट् उताको तेहि सिट्तिर् हेरे। अहिले चाहि उनी चुपचाप्थीइन्,मुख छोपेर निदाइरहेकै जस्तो लाग्थ्यो। परिवारका अरुहरुलाइ हेरे- उनिहरु पनि मस्त निन्द्रामा भय जस्तोलाग्यो। पछेउरा गुटुमुटु पारेर बिस्तारै उस्को सिट्माथि फ्याके। खुट्टातिर् कुनामा पुग्यो त्यो। उनी बिउँझीनन्।मलाई लाग्यो - अलि बेस्सरि फ्याक्नु पर्ने मैले, अनि बल्ल उनी बिउझन्थि होला। मलाइ पछुतो लाग्यो - बोलाएर्बिउझाएर् 'धेरै धेरै धन्यबाद' सम्म भन्ने अवस्था नै थियन, उ आफै बिउझेको भए कमसेकम् उहि मुस्कुराहटकोभाषामा धन्यबाद त दिन्थे पक्कै। अलिबेरमै हाम्रो station आयो। मलाइ अहिले नै station नआएको भए जाति हुने नि भन्ने लागेको थियो तर के गर्नु? झर्नु नै परयो। झर्ने हरुको लाइनमा थियौ हामि, अझै मलाइ उहि कुरा - 'धन्यबाद् सम्म नपाएको है !' - खट्किरहेको थियो। ढोकानेर पुगेर पनि उन्कै सिटमा हेरिरहेको थिए, तर् अहिले प्रत्येक compartmentमा बलेका बत्तिहरुको तेस्तो चर्को उज्यालोमा पनि मैले उनी चल्मलायको सम्म पनि देखिन।

No comments:
Post a Comment