Monday, December 21, 2009

पहिलो नजरमा प्रेम

कोही हुन्छ भन्छन्
पहिलो नजरमा प्रेम
कोही हुन्न भन्छन्
तपाई चाहीँ के भन्नुहुन्छ?
म त हुन्छ पनि भन्छुँ
यस्तो हुन्न होला पनि भन्छुँ
किन्की म उन्को प्रेममा छुँ,
तर मैले आज सम्म कहिल्यै
उन्लाई देखेकै छैन ।

कल्पनाहरु कती कती,
सपनाहरु कती कती
मनमा खुब् कुराहरु आउछन् रे
साथीहरु भन्छन्
अरे यार प्रेममा परेपछि त,
कत्ती लेखिन्छ कत्ती
म मान्दछुँ पनि यो
म मान्दिनँ पनि यो
किनकी मैले उन्को नाममा सयौ कबिता लेखेहुलाँ
तर अझै यौटै प्रेम-पत्र लेखेकै छैन ।

No comments:

Post a Comment